0 COMMENTS

काठमाडौं७,मंङ्सीर/ नेपाल विद्युत प्राधिकरणले उपत्यकामा नियमित विद्युत् दिन थालेपछि विद्युत् खपतमा समेत कमी आउन थालेको छ । बत्ती आएको समयमा मात्रै इन्भटर, ब्याट्री चार्ज गर्दा थप विद्युत् प्रयोग हुने गरेको थियो ।

नियमित विद्युत् आपूर्ति पछि इन्भटर चार्ज गरेर राख्ने प्रवृत्ति समेत अन्त्य भएको छ । प्राधिकरणले गरेको एक अध्ययनअनुसार इन्भटर चार्ज नहुँदा करिब एक सय मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार इन्भटरमा प्रयोग हुने विद्युत् बचाउनु भनेको उत्पादन गर्नु सरह नै हो ।

काठमाडौँ उपत्यकामा मात्रै फरक फरक क्षमताका करिब दुई लाख बढी इन्भटर प्रयोगमा रहेका छन् । विद्युत्भार कटौती हुँदा कुन बेला विद्युत् आउँछ र चार्ज गरौला भनेर बस्ने उपभोक्ता समेत नियमित विद्युत् आपूर्ति हुन थालेपछि प्राधिकरणलाई सहयोग गर्न थालेको प्रवक्ता अधिकारीको भनाइ छ ।

उपभोक्ताले एकसय वाटदेखि पाँचसय वाटसम्मका इन्भटर प्रयोग गर्दै आएका छन् । यस्तै प्राधिकरणले आगामी पुस र माघमा समेत विद्युत्भार कटौती नगर्ने गरी आवश्यक तयारी गरिरहेको छ । विद्युत् बचत एवम् अन्य उपाय अवलम्बन गरेरै भए पनि विद्युत् उपलब्ध गराउने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।