0 COMMENTS

akthyarकाठमाडौँ७, मंङ्सीर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्यसमेत रहेका भट्टराईको चल अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिन आएकाले मुद्दा दायर गरिएको हो ।

आयोगले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको जनाएको छ।त्यसको स्रोतसमेत स्पष्ट नभएकाले बिगोबमोजिम जरिवानासमेत असुल उपर गरी पाउँ भनी माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

भट्टराई डा बाबुराम भट्टराई संयोजक रहेका नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।