0 COMMENTS

राम कुशवाहा वीरगंज ७ मंसिर/  प्रहरीले सर्वसाधारण सेवा ग्राहीलाई कसरी दुव्र्यवहार गर्छन भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय वारामा गए देख्न सकिन्छ । प्रहरी कार्यालयको गेटबाट प्रवेश गर्ने सेवाग्राहीलाई कडा चेकजांच पछि चश्मा समेत लगाउन नदिने र रुखो व्यवहारले झार्ने प्रवृति देखिएको छ । मुखमा आएको शब्द बोलेर गाली गलौज गर्दै तर्साउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।
जिल्ला प्रहरी कार्यालयमा विरगंजबाट गएका एक सेवाग्राहीलाई मुद्दा फाटका प्रहरी निरिक्षक खगेन्द्र धमला र अरुण कुशवाहाले दुव्र्यवहार गरेको पिडितले बताएका छन् ।
राणाशासन जस्तो जनतालाई सेवा भन्दा पनि शासन गर्ने अनि तर्साउने, बारा प्रहरीको व्यवहारले सर्वसाधारणलाई जिल्ला प्रहरीको परिसर भित्र कष्टडीमा भएको जस्तो अनुभुती हुने प्रवृतिले वारा प्रहरी प्रति सेवाग्रहीको हेर्ने दृष्टिकोण नकरात्मक बन्दै गएको छ ।
नागरिक मैत्री प्रहरी, मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी अभियान देशभर चलि रहेको बेला वाराका प्रहरी निरिक्षक धमला र कुशवाहाले प्रहरी संगठनको नै बदनामी हुने गरी सेवाग्राहीलाई दुव्र्यवहार गर्ने, थर्काउने र रैती जस्तो गरेर व्यवहार गर्न थालेपछि अहिले प्रहरी अधिकृतहरुको सर्वत्र विरोध भई रहेको छ ।
यस्ता प्रहरी अधिकृतहरुलाई संगठनले बेलैमा नसिहत नदिए यिनीहरुको मनोवल बढदै जाने र प्रहरी संगठनको बदनाम हुने हुंदा यस तर्फ तत्काल नेपाल प्रहरी तथा वारा प्रहरी प्रमुखको ध्यान जानु पर्ने माग सेवाग्राहीको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।