0 COMMENTS

काठमाण्डाै ६,मंङ्सीर/ व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो ।

११ सांसदले राखेको संशोधन प्रस्तावलाई एकमुष्ट गर्दै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राखेको प्रस्तावलाई संसद्ले पारित गरेको छ । विधेयकबमोजिम सांसदको मासिक तलब बैठक बसेको दिनको गणना गर्दा ८१ हजार २ सय ३० रुपैयाँ हुने भएको छ । तलब ५५ हजार २ सय ३० बनाइएको छ । विशेष भत्ता मासिक १ हजार बनाइएको छ । यस्तै, सञ्चार सुविधाबापत ३ हजार रुपैयाँ राखिएको छ । बैठकभत्ता बैठक बसेको दिनको हजार रुपैयाँ बनाइएको छ । यसैगरी, आवास सुविधा १८ हजार पाउने भएका छन् भने फर्निचर खर्च १५ हजार बनाइएको छ । यातायात सुविधा पनि १ हजार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।