0 COMMENTS

मंसिर ५, २०७३- स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताल र स्वास्थ्य संस्था साँझ ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरेर मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थाले सार्वजनिक बिदाका दिनबाहेक १० देखि ५ बजेसम्म ओपीडीलगायतका सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । यसअघि स्वास्थ्य संस्था ३ बजे नै बन्द हुन्थे । कात्तिक १५ देखि माघ १५ सम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सेवा दिनुपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ । ‘यसरी सेवा प्रदान गरेको नपाइए सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानुनबमोजिम कारबाही हुनेछ,’ सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।