0 COMMENTS

boudhaकाठमाडौं, ५ मंसिर / बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा विशेष पूजा गरेको छ। बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएसँगै प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा शुरु गरिएको हो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वान्का साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा कार्यक्रम गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए।

महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुले शान्तिका लागि परित्राण पाठ गरेको बौद्ध विद्वान् टीका शेर्पाले बताए । गत वर्षको वैशाखमा आएका भूकम्पका कारण चैत्यमा क्षति पुगेकाले विभिन्न दातृ सङ्घसंस्थाबाट स्रोत सङ्कलन गरी सोही वर्षको जेठ १० गतेबाट केही भाग जीर्णोद्धार तथा केहीमा पुनःनिर्माणसमेत गरिएको छ । करिब रु २३ करोडको लागतमा चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको समितिले जनाएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको उद्घाटन यही मङ्सिर ७ गते प्रधानमन्त्रीबाट गरिनेछ । सो उद्घाटन कार्यक्रमका लागि श्रीलङ्का, म्यान्मार, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रणसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।