0 COMMENTS

kathmanduकाठमाण्डाै,५मंङ्सीर/  अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ। आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने प्राधिकरणको योजना छ।

भारतबाट हाल शनिबार साँझसम्म २४८ मेगावाट बिजुली आयता भइरहेको छ। भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ। नेपाल र भारतका ऊर्जा अधिकारीहरूबीच शनिबार भारतमा सम्पन्न सहमति अनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाट अर्को चालिस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैयाँ कुसाहाबाट ५०-५० गरी थप दुई सय ५० मेगावाट बिजुली दिन भारत तयार भएको हो। यो खबर आजको अन्नपूर्णबाट लिएका हौ।बैठकमा सहभागी नेपाली पक्षका सदस्य एवम् विद्युत प्राधिकरणका विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार टनकपुरबाट तत्काल चौविसै घन्टा तीस मेगावाट बिजुली ल्याउन दुबै देश सहमति भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।