0 COMMENTS

lionsकाठमाण्डाै४,मंङ्सीर/धानी काठमाडौंमा बाह्रै महिना भैरहने रगतको अभाव पूरा गर्ने उदेश्यले सुविधा सम्पन्न नयाँ ब्लक बैंकको स्थापना गरिने भएको छ । लायन्स क्लबले १४ करोड रुपैयाँको लगानीमा आधुनिक ब्लड बैंक स्थापना गर्ने भएको हो ।

आधुनिक जीवन शैली र उपचार पद्दतिमा आएको परिवर्तनका कारण अहिले राजधानीमा रगको उच्च माग छ । तर, नेपाल रेडक्रस सोसाइटिद्धारा सञ्चालित ब्लड बैंकले माग अनुसार रगत आपूर्ती गर्न सकिरहेको छैन । रगत अभावले गर्दा कति बिरामीको मृत्यु भैरहेको छ भने कति बिरामीको शल्यक्रिया रोकिन पुगेको छ । राजधानीमा भैरहेको रगत अभाव पूरा गर्ने उदेश्यले लायन्स क्लबले १४ करोड रुपैयाँको लगानीमा आधुनिक ब्लड बैंक स्थापना गर्न लागेको हो । नयाँ ब्लड बैंकको स्थापना भएपछि राजधानीमा भैरहेको रगत अभाव पूरा हुने विश्वास गरिएको छ । उक्त ब्लड बैंक चौबिसै घण्टा सञ्चालन हुने बताइएको छ । लायन्स क्लबले त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको ३ रोपनी जग्गामा नयाँ र आधुनिक प्रविधियुक्त ब्लड बैंक स्थापनाको काम अगाडि बढाएको हो । ४ वटा जिल्लाबाट संयोजन गरेर ब्लड बैंक बनाउन लागिएको क्लबले जनाएको छ । त्रिवि लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर भनेर उपकरण सहितको केन्द्र सञ्चालन गर्न लागेको हो । ब्लड बैंक स्थापनाका लागि आवश्यक रकममध्ये लायन्सले करिब ४ करोड रुपैंयाँ नेपालबाटै उठाउने लक्ष्य लिएको छ । बाँकी अन्तर्राष्ट्रिय सहयोग ल्याउने तयारी गरेको छ । लयन्स क्लबले अहिले रक्तदानको क्षेत्रमा करिब ३५ प्रतिशत रक्तदान गर्दै आएको छ ।
लायन्सले रगत बैंकका लागि २५ हजारका दरले ११ सय सदस्यहरुबाट रकम उठाइसकेको छ । तिनै सदस्यहरुबाट ब्लड बैंकको व्यवस्थापन समिति गठन गरिनेछ । उनीहरुको स्वामित्व र निगरानीमा सेन्टर चल्नेछ । गुणस्तरीय सेवा प्रवाहमा जोड दिन लायन्सले आधुनिक र गुणस्तरीय उपकरण तथा प्रविधि बैंकमा राख्न तयारी गरेको छ । यसका लागि दिल्लीको अत्याधुनिक रगत संकलन केन्द्रले समेत लायन्सलाई प्राविधिक सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।