0 COMMENTS

काठमाडाै४,मंङ्सीर/  राप्रपा नेपालkamal-thapa 2का अध्यक्ष कमल थापाले आगामी १४ महिनाभित्र तीन वटा निर्वाचन सम्पन्न गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। मधेसको माग सम्बोधनबिना निर्वाचन असम्भव भएको भन्दै थापाले मधेस माग पूरा गर्दै संविधान संशोधन गरेर तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने बताए।

हिजाे शुक्रबार हेटौडामा आयोजना भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले आफूहरू कहिल्यै पनि संघीयताको पक्षधर नभए पनि संविधानमा नै प्रादेशिक संरचना रहेकोले यसलाई स्वीकार गरेको बताए। उनले नेपालमा प्रदेशको संरचना वैज्ञानिक तथा अनुसन्धान गरेर लागू नगरिएको बताए।

थापाले नेपालको संघीयता कांग्रेस, एमाले तथा माओवादीले भोटको आधारमा राज्य विभाजन गरेको पनि आरोप लगाए। मंसिर ६ गते राप्रपासँग पार्टी एकीकरण भएपछि राप्रपा नेपाल आगामी दुई निर्वाचनमा देशको सबैभन्दा ठूलो पार्टीको रुपमा उदाउने दाबी थापाले गरे। अब देशको तेस्रो धार अर्थात् राष्ट्रवादी धारको नेतृत्व आफ्नो पार्टीले गर्ने अध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।