0 COMMENTS

Bibleदाङ३,मंङ्सीर/ दाङदेउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइकरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।क्रिश्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए । सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो ।जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिश्चियन धर्ममा लागेकी बर्दियकी एक युवतीसँग विवाह गर्न दबाब दिन थालेको आजको नागरिक दैनिकमा समाचार छ ।तर, हिन्दु धर्मबाट बिचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिश्चियन भएकै कारण विवाह गर्न असहमति जनाए ।त्यसपपिछ रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे । त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए ।रामबहादुर प्रतिनिधि मात्र हुन् । फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन् । केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।