0 COMMENTS

gautama_buddha1_143063468मंङ्सीर२,/ गौतम बुद्धको जन्म नेपालमा भएको हो। तर यो सत्यलाई ओझेलमा पार्ने प्रयास भइरहेको छ। छिमेकि देश भारतले नक्कली कपिलवस्तु तयार पारि बिश्वलाई ढाट्न खोजिरहेकावेला बुद्धको जन्म नेपालमा भएको हो भन्ने जानकारी गराउन सन् २००९  डिसेम्वर १ तारिखका दिन ‘लुम्बिनी  कपिलवस्तु दिवस’ अभियान गठन गरिएको थियो बेल्जियममा।

अभियानले के गर्दै छ त?

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अन्तराष्ट्रिय कन्फेरेन्स यहि आउदो २७ नोभेम्बरका दिन ब्रसेल्समा गरिदै छ। गत वर्षको मे महिनामा गरिने भनिएको कार्यक्रम नेपालमा गएको भूकम्पको कारण पछि सारिएको थियो।  

नोभेम्बर २०१५ मा सारिएको कार्यक्रम पुन स्थगित हुन् पुगेको थियो। ब्रसेल्समा भएको आंतककारी आक्रमणको कारण स्थगित भएको थियो। अभियानको अन्तराष्ट्रिय कन्फेरेन्स सर्दै सर्दै यहि २७ तारिखका दिन कार्यक्रमले पूर्णता पाउनेछ।

दुइ पटक स्थगित भएको कार्यक्रम किन ब्रसेल्समै गर्न लागियको त्? युरोप संयोजक तथा हालका बेल्जियम संयोजक दामोदर आचार्यको एकल बलजोड़को कारण ब्रसेल्स मै हुन् गैरहेको छ। कार्यक्रममा सहभागी हुनको लागि ५० देखि २ सय ५० यूरो सम्म खर्चिनुपर्नेछ। यसकालागि केहि नेपालीहरुले सहभागिता जनाइसकेका छन्।

अभियाले बेल्जियम घोषणा समिति गठन गरेको छ। डा. रबिन्द्र कुमार शाक्य राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एबं नेपाल सरकारका पूर्वसचिब, अर्थविद प्रा.डा.बज्रराज शाक्य लोटस रिसर्च सेन्टरका संस्थापक प्रेसिडेन्ट, हाल सल्लाहकारलगायत ब्यक्तिहरु रहनु भएको छ।

अभियान गठन गरेपछि बुद्ध जन्मस्थल बारे इन्टरनेटमा राखिएको गुगलको गलत जानकारीलाई सच्चाउने र पिबिएसको बुद्ध सम्बन्धि गलत जानकारीको विरोध गर्दै त्यसलाई सुधार्ने काम भएको छ। अभियानले यसका साथै बिभिन् देशहरुको पाठ्यक्रममा बुद्ध सम्बन्धि रहेको गल्तिलाइ सच्याउने काम गरिरहेको छ। अभियानले गर्न लागेको कार्यक्रम उत्तिकै खर्चिलो र महत्वकांक्षी रहेको छ। विश्वका बिशिष्ठब्यक्तिहरु द्वारा कार्यपत्र प्रस्तुत गरिनेछ समेत बताइएको छ।सेताे पाटि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।