0 COMMENTS

काठमाडौं२,मंङ्सीर / अनुगमनका क्रममा स्वास्थ्यमन्त्री गगन कुमार थापाले वीर अस्पतालका कर्मचारीहरुलाई हप्काएको केही महिना नबित्दैै अस्पतालमा टिक काट्न जाँदा लाइनमा बस्नुपर्ने प्रथाको अन्त्य भएको छ ।

वीर अस्पतालमा कुपन सिस्टम लागू भएसँगै लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको हो । टिकट काट्नका लागि अहिले अस्पतालमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । बिरामीहरुले कुपनमा भएको नम्बर डिजिटल डिस्प्लेमा आएपछि टिकट काट्न सक्ने व्यवस्था गरिएको अस्पताल प्रशासनले बताएको छ ।

बिरामीले डिजिटल बोर्डबाट कुपन लिएपछि आफ्नो पालो नआउन्जेलसम्म कुर्सीमा आराम गर्न पाउँने प्रशासनले बताएको हो । यसअघि कुपन सिष्टम नहुँदा बिरामी घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता थियो ।

स्वास्थ्यमन्त्री गगन थापा नियुक्त भएपछि उनी वीरअस्पतालको अनुगमन गरेका थिए । त्यसबेला अस्पतालका एक कर्मचारीले गगन थापाको फेसबुकमा क्षतविक्षत भएको शौचालयको तस्विर पठाएका थिए । त्यसपछि गगन थापा निकै बेरसम्म कर्मचारीहरुलाई हप्काइ दप्काई गरेर फर्किएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।