काठमाडौं३०, कात्तिक/ माओवादी केन्द्रका सांसद ल्ह्यारक्याल लामालाई विशेष अदालतले अकूत सम्पतिसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीश प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले मंगलबार लामालाई सफाइ दिएको हो ।
अकूत सम्पतिसम्बन्धी आरोप पुष्टि नभएको भन्दै अदालतले लामालाई सफाइ दिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ल्ह्यारक्याल लामाविरूद्ध साढे ९ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति रहेको दाबीसहित मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्