0 COMMENTS

kulmanकाठमाडौं३०, कात्तिक / नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम भैरहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रबन्ध निर्देशक घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै लोडसेडिङ गर्ने योजनाका साथ अहिले काम भैरहेको बताएका हुन् ।उनले लोडसेडिङ अन्त्य गर्छु भनेर हिँड्ने काम होईन भन्दै व्यवस्थापन महत्वपूर्ण कुरा रहेको पनि बताए ।

व्यवस्थापनमा बढि ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ् नभएको उनले जिकिर गरे ।उनले यो आफू एक्लैले नभै वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको पनि उल्लेख गरे ।अहिलेको दुई महिना आफुहरु लोडसेडिङ नगर्न सफल भए वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्ने समेत उनले बताए ।घिसिङले अहिले काठमाडौं उपत्यका बाहिर पनि बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको पनि स्पष्ट पारे ।

साथै अहिले कुलेखानी नचलाइएको र मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म चल्न सक्ने भन्दै उनले कुलेखानी रित्याएको भन्ने भनाईको खण्डन पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।