0 COMMENTS

kamal-thapa-and-pashupati-samserकाठमाण्डाै३०,  कार्तिक / संसदमा २५ सीट भएकाे राप्रपा नेपालका  र १३ सांसद   भएकाे राप्रपाकाकाे एकीकरण अब भन्ने पक्का भएकाे छ ।  पटक पटक तयारी भएर भाँडिएको दुई राप्रपा एकीकरण मंसिर ६ गते गर्ने टुंगो लागेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमसेर जबराबीच पार्टी एकीकरणसम्बन्धी सम्झौतापत्रमा मंगलबार बिहान हस्ताक्षर भएको हाे ।

संयुक्त बैठकले दुवै पार्टीद्वारा गठित वार्ता टोलीले पेस गरेको राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणसम्बन्धि नीति तथा अवधारणालाई अनुमोदन गरेको छ । बैठकले महाधिवेशन नभएसम्मका लागि अन्तरिम विधान पनि अनुमोदन गरेको छ ।

पार्टी एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने पार्टी अध्यक्ष तथा संसदीय दलका नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबरा हुनेछन् ।

पुष्पकमल दाहाल सरकार बन्नुअघि नै राप्रपा एकताको तयारी भए पनि अन्तिम समयमा भाँडिएको थियो । एकता नभएपछि राप्रपा दुई मन्त्रीसहित सरकारमा गएको थियो भने राप्रपा नेपाल विपक्षमा बसेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।