0 COMMENTS

 काठमाण्डाै३० कात्तिक / नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रश्न गरे, ‘कतिपय साथीहरुले विषयान्तर गरेर मान्छे मारेकाबाट अब विकास कसरी सम्भव छ भन्नुहुन्छ । शहीदले बलिदान नदिई विश्वमा कहाँ परिवर्तन र लोकतन्त्र आएको छ ? गणतन्त्रको फल मिठो लाग्ने, अनि हामीलाई हत्यारा र आतंककारी भन्न पाइन्छ ?’

क्रान्तिका बेला अप्रिय घट्ना स्वभाविक हुने जनाउँदै उनले सत्य निरुपण र मेलमिलाप आयोगमार्फत युद्धका बेला ज्यादती भएको भए आवश्यक प्रक्रिया गरेर दण्डित गर्न सुझाए ।

सयौं नेपाली सहभागी अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालीहरुको एउटै भोक र तिर्खा विकास र समृद्धि भएको बताए । ‘जुनसुकै कोण, विचारधारा र पार्टीबाट भएपनि सबैको चासो र चिन्ता गरिबी, बेरोजगारी र पछौटेपन छिटोभन्दा छिटो अन्त्य गर्नुपर्छ भन्ने छ,’ उनले भने ।
बेलायतमा पनि प्रजातन्त्र आएको धेरै समयपछि १८ औं शताब्दीमा औद्योगिक क्रान्ति आएको स्मरण गर्दै उनले राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति नहुने दृष्टान्त पेश गरे । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अब विकास र समृद्धि सम्भव छ,’ उनले भने, ‘यसैका लागि म माओवादीमा राम्रो सम्भावना हुँदाहँुदै एक्लै नयाँ शक्तिमा लागें ।’ समृद्धिका लागि लोकतन्त्रको ढाँचा अझ उन्नत गर्न जरुरी रहेको उनले बताए ।

नेपालमा शासकीय प्रणालीले स्थिर सरकार नदिने बताउँदै उनले राजनीतिक स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देश जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।