0 COMMENTS

sugarकाठमाडौं२९, कात्तिक / आज(सोमबार) विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

यस अवसरमा मेट्रो काठमाडौं हस्पिटलले आज मधुमेहबारे जानकारी दिने उद्देश्यले राजधानीमा जनचेतनामुलक र्‍याली निकालेको छ ।

त्यसै गरी मधुमेहका बिरामीहरुको निःशुल्क परिक्षण गरी औषधिसमेत बितरण गरेको छ ।

बढी भोक र तिर्खा लाग्नु, रिङ्गटा लाग्नु, छाला सुख्खा हुन, दुब्लाउँदै जानु, छिनछिनमा पिसाव लाग्नु मधुमेहको लक्षण भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

मधुमेहबाट बच्नका लागि शारिरीक व्यायाम गर्ने, धुम्रपान नगर्ने, आँखा र मृगौलाको परिक्षण गर्ने, सन्तुलित खाना खानको लागि चिकित्सकहरुले सल्लाह दिएका छन् ।

नेपालमा अहिले १० लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । अहिले ३० वर्षमाथिका युवायुवतीमा समेत मधुमेह देखिने गरेको छ ।

मधुमेह बिशेषज्ञ डाक्टर ज्योति भट्टराईले नेपालमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको भन्दै नियन्त्रणको लागि सरकारले ठोस योजना बनाउनुपर्ने बताए ।

मधुमेहको उपचार समयमै हुन नसके आँखाको नशामा समेत असर पर्ने र आँखाको ज्योति समेत गुम्न सक्ने विशेषज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।