0 COMMENTS

काठमाण्डाै२८,कार्तीक/सरकारले पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको छ । विशिष्ठ पदाधिकारीलाई जीवनभरमा एकपटक अधिकतम ५० लाख रुपैया दिने निर्णयसँगै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि ५० लाख पाउनुहुने भएकाेहो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले काँग्रेस नेतृ सुजाता कोइरालालाई भएको स्तन क्यान्सरको उपचारको लागि स्वास्थ्य मन्त्रालयले ल्याएको १५ लाखसम्म उपचार खर्च दिन सकिने कार्यविधिमा छलफल नै नगरी यस्तो निर्णय गरेको हो । त्यसैगरि सरकारले संयुक्त राष्ट्रसंघको शान्ति तथा निसस्त्रीकरणको एसिया कार्यालयको पुर्नस्थापनाको लागि १ लाख १ हजार ६ सय ८५ अमेरिकी डलर सहयोग दिने भएको छ । त्यस्त बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र  कार्कीले जानकारी दिनुभयो ।
यसैगरि बैठकले जनता आवास कार्यन्वयन कार्यविधि मन्त्रिपरिषदको आर्थीक पूर्वाधार समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।