झापा२८ ,कार्तीक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र संमृद्धिको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।
आइतबार झापाको धरमपुर हुदै पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा अध्यक्ष ओलिले संविधान निर्माण पछिको समय संविधान कार्यान्वयनसंगै देशको विकास र समृद्धिको रहेकाले यसको नेतृत्व एमालेले गर्ने बताउनुभएको हो ।
आफ्नो नेतृत्वको सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिदा विकास नचाँहनेहरुले सरकार ढालेकोमा आक्रोश व्यक्त गर्दै विकास नचाँहनेहरुले आफ्नो सरकार ढालेको जिकिर गर्नुभयो ।पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले आफु प्रधानमन्त्री हुँदा तुईनलाई विस्थापित गरि झोलुंगे पुल बनाउने गरेको संकलप कुनै पनि हालतमा पूरा गरेर छाड्ने दृढता व्यक्त गर्नुभयो । आफुले दुई वर्षमा तुईन हटाउ छु भनेको एक वर्ष पुगेकाले अब एक वर्ष भित्र सबै तुईन हटाएरै छाड्ने बताउनुभयो । यसका लगि एमालले योजना बनाईसकेको दावी पनि उहाँको थियो । अबको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने र जनताको कामलाई सहज बनाउनु पनि ओलीको भनाई थियो ।