0 COMMENTS

भीमदत्तनगर२८, कात्तिक / कञ्चनपुरको वाइसेविचुवामा काठ तस्करी गरिरहेका चार युवकलाई हतियारसहित पक्राउ गरिएको छ ।

बाइसेविचुवा गाविस–१ सुखडघाटबाट हतियारसहित काठ तस्करी गरिरहेका पुनर्वास नगरपालिकाका चारजना युवा पक्राउ परेका हुन् ।

उनीहरुबाट एक थना कटुवा पेस्तोल, दुई राउन्ड गोली र करिब ७५ क्युफिट काठ बरामद भएको नौरङ्गा इलाका वन कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पुनर्वास–११ का सोजीत तामाङ, पुनर्वास–७ का रामबहादुर गुरुङ, स्थानीय मिलन राना र शङ्करपुर–१ का नारायण राना रहेका छन् । वन कर्मचारीहरु जङ्गलमा गस्ती गरिरहेका बेला चारजना तस्कर डल्लपमा काठ ओसार्ने तयारीमा रहेका थिए ।

शनिबार पक्राउ परेका चारैजनालाई कारबाहीका लागि आज अदालतमा म्याद थप गरी विस्तृत अनुसन्धान सुरु हुने जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।