0 COMMENTS

काठमाडौं, २७ कात्तिक/मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लाआसेलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा नेपाल र लाओसबीच १–१ को बराबरी भएपछि अतिरिक्त समयमा नेपाल र लाओसले एक गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको हो ।

लाओसविरुद्धको खेलको पहिलो पेनाल्टीमा हेमन गुरुङले गोल गरेका छन्। लाओसको पहिलो पेनाल्टी भने किरण चेम्जोङले बचाए। उनले दोस्रो गोल पनि रोके।

नेपालको दोस्रो प्रहारमा विक्रम लामा सफल भए। नेपालका लागि अर्को गोल सुजल श्रेष्ठले गरे। लाओसले टाइब्रेकरमा कुनै पनि गोल गर्न सकेन। दुई प्रहार किरण चेम्जोङले बचाए भने एउटा प्रहार पोष्ट बाहिर गयो।यसअघि नेपालको तर्फबाट विमल घर्तीमगर र अनन्त तामाङले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।