समाजकाे अावाज,काठमाण्डाै२७,कार्तीक/नेकपा एमाले काठमाण्डौ क्षेत्र नम्बर ४ ले आफ्ना १८ वटा साखाहरुमा एकै दिन एकै समय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ | दोश्रो अधिवेशन पछि एकै दिन सबै साखामा केन्द्रीय कमिटी का सदस्यहरुले प्रशिक्षण प्रदान गरेका थिए|संगठन , पार्टी पदत्ति , जनताको बहुदलीय जनवाद र स्थानीय निकायको निर्वाचन लगायतका बिषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो |
सो प्रशिक्षण कार्यक्रममा बिभिन्न साखाहरुमा निम्न एमाले नेताहरुले प्रशिक्षण प्रदान गरेका थिए |
बुनपा – १ रघु पन्त
बुनपा – २,३ सावित्रा भूषाल
वडा नं ९ – ठाकुर गैरे
वडा नं १० -पुरूषोत्तम पौडेल
वडा नं ११ – डा.राजन भट्टराई
वडा नं १२ – निर्मल कुइकेल
वडा नं -१३,१४,१८,१९- (संयुक्त ) डा.विजय पौडेल
वडा नं -१५,१६,१७ (संयुक्त ) बेदुराम भुषाल
काम
वडा नं १- सुरेन्द्र मानन्धर
वडा नं ३३ – टंक कार्की
वडा नं ८- सानु कुमार श्रेष्ठ
वडा नं ७- कृष्ण राई
“हामीले स्थानीय निकायको निर्वाचन र संगठन परिचालनको लागी यो प्रशिक्षण कार्यक्रम आयोजना गरेका हौ | यसले आगामी दिनमा अझ नवीन तरिकाले गतिविधि गर्न उर्जा प्रदान गरेको छ”- क्षत्रिय साचिव ध्रुव राज नेउपाने ले ख़ुशी व्यक्त गरे |
“हामी अव जनता को बिचमा जाने गतिविधि संचालन गर्दैछौ त्यसैको पहिलो प्रयास हो |आजको कार्यक्रमले हामीलाई राम्रो सन्देस दिएको छ | हामीले केही ठूला र महत्वपूर्ण योजना अगाडी सारेका छौ” _ क्षेत्रीय अध्यक्ष कुसुम कुमार कार्की ले बताए |सबै साखामा “एकै दिन एकै समय” सञ्चालन गरिएको यस कार्यक्रमलाइ नबीन प्रयोग संगठन परिचालन को नया प्रयोग भनेर अतिथिहरुले प्रसंशा गरेका थिए | कार्यक्रमको ब्यवस्थापन साखा कमिटीहरुले गरेका थिए |