0 COMMENTS
dipa
दिपा बडाल
खबरदार कालो ओडारका मान्छेहरू ,अन्धविस्वासको जालोमा जेलिएका हरेक पुरुषको जन्म नारीबाट हुन्छ । तेसैले सक्छौ नारीको समान गर सक्दैनौ अपमान नगर । नारिको कोमल मन दुखायर पुरुष जाती गर्व गर्दै छाती फुलायर हिंड्छौ ? भरोशाले सुम्पिन्छन जिन्दगि जस्लाई खेलौना ठान्छन नारिलाइ हुन्छन बिस्वास घाती नारिको कोमलतामा नकोर अत्याचारको बिषालु नङग्रा,गाई लाई आमा को सम्मान दिने हाम्रो समाजमा नारी लाई अपमान गरेर किन ठुला कुरा गर्छौ तर दुर्भाग्य जुन नारी को कोखं बाट जन्मिए त्यही नारी लाई सम्मान गर्न भुल्छौ अझै पनि यहाँ नारी लाई घृणा गर्छौ।
नारी लाई होच्याऐर बोलिन्छ नारी बेचबिखन र नारी लाई खेलौना को रुप मा हेरिन्छ किन ? अब नारी सहन सक्दिनँ तिम्रा जंगली व्यवहार नारी हेर्न सक्दिनँ अन्यायको कालो अनुहार अन्यायको आगो बालेर ए निष्ठूरी पुरुष किन पेलिरहेका छौ नारिहरूलाई ?केको आक्रमण नारिअस्मिता माथी? आजको सुकिलो समाजमा किन हुर्किन्छ अन्याय, अत्याचार दमन र दु:खकष्टका अपराधी हरु किन ताक्छौ गिद्दे नजर अबोधनारी छातिमा !नारी केवल बच्चा जन्माउने र प्रशव पीडा मात्र सहने मेसिन होइन संसारको सृष्टि गर्ने जननी हाे ।
पुरुषको हातमा हात,काँधमा काध मिलाउदै रथको एक पाग्रा बनेर पुरूषहरूको हरेक पलको सहयात्री बन्छे नारी ! उच्च अनुहार तुच्छताको पराकाष्ठाले रंगीन सम्पतिको लोभमा डुबुल्की मार्दै घरकि लक्ष्मिलाई लात हान्छौ किन ? नारिको इज्जतलाई किन चपाउने कोसिस गर्छौ ?अबुझ मान्छे हरु अपमान गरिरहन्छ हत्या हिम्सा गरीर हन्छन् नारीको कलेजो र शिर टेकीरहन्छन् नारीको बोलिमा सिमित छ नारी पुरुष बराबरी पशुपतिमा नाङ्गो पुरुष दौडिदा भगवानको दर्जा दिने नारिले आफ्नो पछेउरी घुम्टोखोली पसिना पुछ्दा नारिलाई बेश्या र बदनामिको उपनाम दिइन्छ ।
तिमीले आहुति दिएका छौ उनको ममता, दया र सौन्दर्यलाई ? तिमीलाई यो अपराधी समजले पुरुष महान भनेर दिएको उच्च दर्जाको मात लागेको छ दुष्ट पुरुष नारी लाई सडकमा पछारेर बलात्कार गरिरहेछौ तिम्रो दिमागभरि मानवता होइन दानबताको किरा छन् ।तिमी २१ औ शताब्दीका दुस्सासन हौ तिमीले खडा गरेको पर्खालमा उभीएर हेर आधा सास बोकेर तडपिन्दै छन नारी के नारि शरीर ढुङ्गाले बनेको छ ? कि नारी शरीर फलामको मूर्ति हो ? ए ……. पापी हरु हो एक चोटी आफ्नो जन्मलाई हेर त कुनै नारिको पेटमा ९ महिना वसेर यस धर्तिमा आएका छौं उसैको दुध चुसेर जिवनको सुरुवात गरेका छौं तर किन वुझ्न सक्दैनौं नारि, आमा हुन, वहिनी हुन, दिदि हुन । अपराधीको पोखरीमा पौडिएको तिम्रो मृतक आत्मा कुन घाटमा सेलाउँछौ ? तेलमा मान्छे उसिन्ने पुराणले चल्दैन समाज चलाउन फूल बगिरहने नदी चाहिन्छ !!! नारी कुनै पुतलीको खेलौना होइन ,ए दुष्ट पुरुष ,नारीको मान समान गर्न सिक ,तिम्रा हरेक गल्ती लाई लुकाएर आफू दोषिभएर सुख खुसी सबै अरुलाई लुटाएर नारी आफू सधै आसुको तालमा डुबेकी हुन्छे । नारी आमा हो पुज्न सिक दुष्ट पुरुष नारी दिदी बहिनि हो सम्मान गर्न सिक नारी धर्मपत्नी हो इज्जत दिन सिक नारिले हर नातालाई इमान्दारिता पुर्बक निभाएको हुन्छन ,यहि नारिले कर्तब्य ,त्याग, तपस्या र बलिदानको जिऊदो स्वरुप निभाएका छन ,नारी कुनै पुरुष भन्दा कम छैनन ,जस्तै सीता ,भुकुटी,सबै नारीको महान रूप हुन,नारी ह्रदयको ममता र कर्तब्यको बहाब हुन रातपछिको स्वर्णिम दिन उदाउछ अन्धकार लाई चिर्दै।नारी साक्षात्कार उदाउनेछिन् तिम्रो अत्याचार लाई तोड्दै………………………………………………जयनारी
 
Chat conversation end
 
 
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।