0 COMMENTS

mridulaकाठमाण्डाै२६,कार्तीक /नेपाल जस्तो देशमा सत्ताको दुरुपयोग हुनु ठूलो कुरा होइन तर देश र जनताको लागि सेवा गर्छु भनेर राजनितीमा होमिएका मानिसलेनै सत्ताको दुरुपयोग गरेपछी के होला ? ठिक त्यस्तै गरेकी छिन कांग्रेसकी ‘पावर ब्रोकर’ भनेर चिनिने पुर्व प्रधानमन्त्री स्व सुशील कोइरालाकी निकट काङ्रेस नेत्री मृदुला कोइराला पनि लोकमानशैलीमै अत्याचारमा संलग्न भएकी छन् ।उनले अदालतको अन्तरिम आदेश कुल्चन बाध्य बनाउँदै गौरीघाटको एउटा घर कब्जा गरेकी हुन् । राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालको शक्ति प्रयोग गर्दै आफ्नो घर मृदुलाको कब्जामा परेपछि घरधनी रुवाबासीमा परेका छन् ।

काभ्रेका टेकनाथ हुमागाईंले दुःखमा कमाएको र अप्ठेरोमा बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा लिलामी सूचना पनि प्रकाशित भएपछि उक्त घरमा मृदुलाको आँखा पुगेको हो । त्यहाँ अहिले पनि हुमागाईंकी श्रीमती र छोराछोरी बस्छन् । हुमागाईंले सिभिल बैंकको कमलादी शाखाबाट घर धितोमा राखेर ऋण लिएका थिए । तर, समयमा ऋण चुक्दा गर्न नसक्दा बैंकले लिलामी निकाल्ने नै भयो । जसोतसो घर उकास्ने रकम हुमागाईंले तयार पारेका छन् । तर, घरमाथि मृदुलाको आँखा लाग्दा आफ्नो घर आफैँले सकार्ने स्थितिमा रहेनन् । १०२–१०६७–१० कामपा– ७, कित्ता नं. ९९ को आठ आना दुई पैसा दुई दाम र कित्ता नं. ४२७ को १४ आना दुई पैसा जमिन अन्यायपूर्वक त्याग्नुपरेको हो । गभर्नर चिरञ्जीवीकै पावर लगाइसकेपछि हुमागाईंलाई वापस गर्न लागिएको घर फर्काउन बैंक पनि हच्किएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार लिलाम खुल्ने अघिल्लै दिन घरजग्गा मृदुलाको नाममा पास भइसकेको छ । कानुनतः लिलामी बढाबढका लागि पूर्वनिर्धारित समय तालिकाअगावै जुन कुराको लिलामी बढाबढ हुने हो, त्यो चलाउन पाइँदैन । गभर्नरको कडिकडाउ आदेशका कारण सिभिल बैंकले बाध्यतामा घरजग्गा त पास गरिदियो, तर दर्जनौँ कानुनी त्रुटीसहित । चावहिल मालपोतले पनि अदालतको अन्तरिम आदेशलाई धोती लगाएर जग्गाको रोक्का फुक्का गरिदिएको छ ।

हुमागाईंले मृदुलासँग पटक–पटक यस्तो नगरिदिन आग्रह गरे । तर, मानिनन् । उक्त घरमा कांग्रेस महामन्त्री शशांक कोइराला बस्ने र त्यो व्यवस्थाका लागि आफूलाई जिम्मा लगाएको मृदुलाको दावी थियो । तर, धापासी र नारायण गोपालचोकमा सुविधासम्पन्न घर भएका शशांकका लागि अन्यत्र घर चाहिने स्थिति भने छैन । उक्त घरका लागि मृदुलाले चार करोड २० लाख रुपैयाँ तिरेकी छन् । हुमागाईंलाई शुरुमा फोन गर्दा मृदुलाले ‘माडेलाई घर बेच्न लाग्नुभएको सुनेँ । नबेच्नु, म किन्छु’ भनेकी थिइन् । तर, हुमागाईंले आफ्नो घर आफैँले उकास्छु भन्दा मृदुलाले ‘त्यो त पाउनुहुन्न’ भनेको हुमागाईं सम्झन्छन् । त्यही घरमाथि अर्को मुद्दा पनि छ, अदालतमा । टेकनाथका छोराहरुले अंश मुद्दा हालेका छन् । एकातिर अदालतले मालपोतलाई जग्गा बेचबिखन नगर्नु/नगराउनु भनेर अन्तरिम आदेश दिएको छ, अर्कातिर त्यही जग्गा लिलामीको मितिअघि नै मृदुलाको नाममा पास भएको छ ।

सिभिल बैंकको किर्ते काम
लिलामी बिक्री हुने दिनको सुचना अगावै सिभिल बैंकले निर्णय गरेर घर मृदुला कोईरालाको नाममा बेचेको खुल्न आएको छ । अन्नपूर्ण पोस्टमा शिलबन्दी बोलपत्रको म्याद साउन २७ गते ३ बजे सम्म म्याद तोकीएपनी बैंकको समेत मिलोमतो देखिएको छ । मृदुला कोईरालालाई दिने निर्णय गरेको बैंकका लिगल साखाका प्रमुखको सहि बेगर सो निर्णय गरिएको छ । अचम्म्को कुरा के छ भने चलन चल्तीमा ७-८ करोडमा बिक्री हुने जग्गा चार करोड बिस लाख कबुल गरेकी कोईरालाले पछि अरुले ५० लाख र ७० लाख कबुल गरेर दुनियाँ हसाउने काम गरेका छन ।

राजस्व नतिरी जग्गा पास

अर्को घोटला राजस्व नतिरी जग्गा पास गरिएपछी मालपोत कार्यलयका कर्मचारी र शक्तिको आडमा रु २१ लाख राजस्व छली भएको छ । सामान्य नागरिकलाई एक रुपया नछाड्ने मालपोतले राजनैतिक हस्तक्षप र मिलोमतोमा राज्यलाई लुट्ने काम भएको छ । २१ लाख नतिरी कसरी पास भयो त्यो छानबिनको बिषय भएको छ र अब दोषीलाई कडा कारवाहीको लागि पहल सुरु हुने अवस्था देखिन्छ । नेताले केही गर्नु नपर्ने भएपछी जनता झन् आक्रोसित बन्ने निस्चित छ । पिडितले न्याय पाउलान् कि नपाउलान, शक्तिको आडमा जनताको घरवार उठाउने नेताको हार हुन्छ कि जित र लाखौं कुम्ल्याएर बिना रजस्व घर जग्गा पास गर्ने अख्तियार को दायरामा आउँछ कि आउँदैन त्यो भने हेर्न बाँकी छ । हामीले उक्त सामाग्री अासाका कीरण बाट हुबहु साभार गरीएकाे हाे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।