0 COMMENTS

makaluसिमिकाेट२६,कार्तिक/ मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा विमानको पाङग्रा पञ्चर भएर दुर्घटना  दुर्घटनामा परेको  बताइएकाे छ ।सुर्खेतबाट सामान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले भने-‘दुर्घटनामा परेको भनिएको विमान मकालु एयरको सिंगल इन्जिन कार्गो विमान हो । अवतरणका क्रममा टायर पम्चर भएको हो । यो सामान्य हो । अन्य अवस्थामा पनि भइरहन्छ । अहिले पम्चर भएको टायरलाई मर्मत गरेर नियमित अन्य उडान सुरु भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।