0 COMMENTS

lokmanकाठमाण्डाै२६   कार्तिक / अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न झन् ढिला हुने भएको छ ।

संसदको महाअभियोग सिफारिस समितिको कार्यविधि टुंगो लाग्न नसकेपछि महाअभियोग प्रस्ताव झन् लम्बिने भएको हो ।समितिअन्तर्गतको कार्यविधि मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदन टुंगो लगाउन अाज शुक्रबार बोलाइएको बैठक त्यत्तिकै टुंगिएको छ ।

समितिका सदस्यहरुलाई अध्ययन समय भन्दै मंसिर २ गतेसम्मको लागि बैठक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छापा मार्न सक्ने गरी उपसमितिले आफ्नो कार्यविधि प्रस्ताव गरेको थियो ।संसदको पूर्ण बैठकले कार्कीविरुद्ध अनुसन्धानका लागि महाअभियोग प्रस्ताव पठाउनुअगावै कार्यविधि पारित गर्ने समितिको योजना थियो ।एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमाथि एक दिनको छलफलपछि स्थगित संसद शुक्रबारदेखि पुन: बस्दैछ ।

संसदको नियमावलीअनुसार महाअभियोग प्रस्तावमाथि सदनको पूर्ण बैठकमा छलफल सकिएपछि मात्रै महाअभियोग सिफारिस समितिको काम सुरु हुन्छ । प्रस्तावित कार्यविधिमा काम सुरु गरेको मितिलाई महाअभियोगका विषयमा छलफलका लागि बसेको पहिलो बैठकबाट गणना हुने व्याख्या गरिएको छ ।

कात्तिक ५ गते ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुइँकेल र लक्ष्मी राई, एमालेका केशवप्रसाद बडाल, रेवतीरमण भण्डारी, सुशीला नेपाल र पार्वत गुरुङ, माओवादीका रामनारायण बिडारी र अमनलाल मोदी, राप्रपा नेपालका दिलनाथ गिरी छन् । संसदको नियमावलीअनुसार समितिले सभापति चयन नभएसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।