0 COMMENTS

falgunandanकाठमाडाैं२५, कात्तिक/किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।

Falgunanda1फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यसबीच उनले देशद्रोहीको अभियोग पनि खेपेका थिए । वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् ।

बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो ।

फाल्गुनन्दले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ वोलाएर दशवुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए ।

जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्छन ।

उनको निधन २००५ साल चैत २२ गते भयो । उनलाई नेपाल सरकारले २०६६ सालमंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।

नेपाल सरकारले उनलाई राष्ट्रिय विभुती घोषणा गर्नुका साथै उनको फोटो अंकितहुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ । सरकारले किरात धर्ममालम्बी कर्मचारीलाई विदा दिने गरेको छ ।

जयन्तिको अवसरमा आज ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, पाँचथरको फिदिम, लव्रेकुटी, रवि, इलामको माङसेवुङ, तेह्रथुमको आठराई सक्रान्तिबजार लगायत किराँतिहरुको बढी बसोबास भएको देशका विभिन्न स्थानमा यो दिवस मनाइन लागिएको छ । आज यी स्थानमा धार्मिक पुजा सहित तेह्रथुमको आठराई सक्रान्तिबजार फाल्गुनन्दको १५ फिट अग्लो शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।