0 COMMENTS

tryalकाठमाण्डाै २५, कार्तीक / मंसिर १ देखी सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिन पाइने भएको छ ।

मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु गर्ने यातायात व्यवस्था विभागले बताएको छ । एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ ।

यो संशोधित व्यवस्थाअनुसार लिखित परीक्षा पास गरेकाहरु ९० दिनसम्म तीनपटक ट्रायल दिनसक्ने उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार ३ पटकसम्म पनि ट्रायल फेल भएकाले फेरि लिखित परीक्षा दिनुपर्नेछ । यसघि ट्रायल फेल भएकाले ३ महिनासम्म कुनै पनि परिक्षा दिन पाएका थिएनन् ।

यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएकाले नियमावलीमा संशोधन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।