0 COMMENTS

birhospitalकाठमाडौं २५ कात्तिक/ विगत छ महिनादेखि विग्रिएको रेडियोलोजी मेसिन मर्मतका लागि स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पतालको पुरानो सघन उपचार कक्ष (आइसीयू)को स्तरोन्नती, टोकन प्रणाली लागू गर्न र रेडियोलोजी मेसिन बनाउन एकमुष्ट बजेट उपलब्ध गराएको हो ।क्यान्सर वार्डको रेडियोलोजी मेसिन केही महिनादेखि बिगि्रएर थन्किएको अवस्थामा छ । मेसिन मर्मत गरेर छिट्टै सञ्चालनमा आउने अस्पताल स्रोतले जनाएको छ । उक्त मेसिन नहुँदा सर्वसाधारणले अन्य अस्पतालमा गएर महँगो शुल्क तिरेर उपचार गर्न बाध्य बनेका थिए ।

अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री गगन थापाले मेसिन तत्काल मर्मतका लागि निर्देशन दिएका दिए । साथै आवश्यक रकम विनियोजन गर्ने आश्वासन दिएका दिए ।

कान्ति बाल अस्पताललाई साढे १३ करोड

यस्तै कान्ति बाल अस्पतालमा रहेको केन्द्रीय एकीकृत सघन उपचार कक्षका लागि समेत स्वास्थ्य मन्त्रालयले रकम उपलब्ध गराएको छ ।मन्त्रालयले यसै साता कान्ति बाल अस्पताललाई १३ करोड ५९ लाख रुपैया रकम उपलब्ध गराएको हो । ‘कान्ति बाल अस्पतालले सघन कक्ष निर्माणका लागि रकम अभाव भएको जनाएपछि उपलब्ध गराएका हौं’, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘यसको प्रकृया सुरु भइसकेको छ ।’

कान्ति बाल अस्पतालका मेडिकल डाइरेक्टर डा. अजित रायमाझीले बजेट निकासा भएको जानकारी आएको बताए । सघन उपचार कक्ष निर्माणका सकिएको छ तर, ठेकेदारलाई भने रकम दिन बाँकी छ ।अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।