0 COMMENTS

 ic2000नयाँदिल्ली२५,कार्तीक/ भारत सरकारले कालोधनलाई दुरुत्साहन गर्ने र नक्कली नोटको कारोबारलाई नियन्त्रण गर्ने उदेश्यले १००० र पाँच सयका नोटमा मंगलबार राती देखी नै प्रतिबन्ध लगाएको थियो ।ती नोटलाई प्रतिबन्ध लगाएसँगै सरकारले सर्वसाधारणलाई आफुसँग भएका ती नोटलाई नजिकको बैंकमा लगेर साँट्न आह्वान गरेको थियो ।यो आग्रहसँगै भारतीय सर्वसाधारण नजिकका विभिन्न बैंकमा नोट साँट्न लाइन लागेका छन् ।

दुर्इ हजारको नयाँ नोट बजारमा

त्यस्तै भारतीय सरकारले आजबाट हजार र पाँच सयका नोट साँट्ने सर्वसाधारणलाई २ हजारको नयाँ नोट उपलब्ध गराउन थालेको छ । नयाँ नोट पुराना पाँच सय र हजारका नोट भन्दा केही फरक छ । यसको एक भागमा माहात्मा गान्धीको तस्विर अंकित गरिएको छ भने अर्को भागमा मंगलयानको तस्विर अंकित गरिएको छ ।त्यस्तै नयाँ नोटमा स्वच्छ भारत अभियानको नारा पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।