0 COMMENTS

ललीतपुर २४,कार्तीक/पाटनको देवबिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो ।साउन १० मा एक समूहले विहारमा रहेको हिरामोती रत्न र पन्ना जडित पुरातात्वि महत्वको मूर्तिसहित २४ थरिका गहना चोरी गरेका थिए । विहारको बाहिरीपट्टीको कच्ची गार्‍होमा प्वाल पारी मन्दिर प्रवेश गरेर मूर्ति र गहना चोर्नेलाई ललितपुर प्रहरीले भदौ ५ मा मूर्ति र गहनासहित पक्राउ गरेको थियो ।

चोरीमा संलग्न देखिएका ४ जना जिल्ला अदालत ललितपुरको आदेशमा पुपक्र्षका लागि नख्खु कारागारमा छन् । मूर्ति चोरीमा संलग्न देखिएकमा एकजना भने अझै फरार छन् ।

विहार प्रशासनले बुधबार क्षमा पूजा गरेर चोरी भएका मूर्ति र गहना विहारमा प्रतिस्थापन गरेको थियो । सोही समारोहमा मूर्ति र गहना फिर्ता ल्याउन सफल भएको भन्दै परिसरका एसएसपी पिताम्बर अधिकारी, डिएसपी ईश्वर कार्की, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम बोहरा, अपराध शाखा ललितपुरका सई अजय खनाल, कृष्ण गैरे, रेशम आचार्य, असई सन्दिप ज्योति, मीनबहादुर परियार, हवल्दार नवराज भण्डारी र जवान पान्डुपराज थपालियालाई सम्मान गरेको थियो ।

बौद्ध विहार संघका अध्यक्ष पुष्परत्न शाक्यले मूर्ति फिर्ता आएकाले प्रत्येक पाँच वर्षमा नागबहालमा हुने सम्यक महादान पर्वमा प्रदर्शनमा राख्ने सांस्कृतीक परम्परा जोगिएको बताए ।सामाग्री कान्तीपुर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।