0 COMMENTS

natra नेत्र बहादुर भुजेल लाकुरिडाँडा/ दोलखा ने.क.पा एमालेका अध्यक्ष के.पि. ओलिको कथित राष्ट्रवाद, सर्बहारा बर्गको नेताहुँ भन्ने माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको माओबाद, नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाको बि.पि.बाद, रा.प्र.पा नेपालको अध्यक्ष कमल थापाको हिन्दुधर्म देखि राजाबाद देखि अन्य भुरे टाकुरे पार्टीहरुको जातीयता देखि क्षेत्रियताबाद, यी सबैले जनतालाई झुक्याउछन । यी सबै राजनीतिक पार्टीहरु सबैका कार्यकर्ताका बिचार झोलेबाद भएसी कहाँबाट बन्छ देश ।मियो गतिलो भए दाईमा गोरु घुम्छ, गोरु घुमेसी बल्ल धानको बोटहरु पराल हुन्छ भने नेता नै कमाउ धन्दामा छन अनि तिनीहरुका कार्यकर्ताले पनि नेता अनुसारको आचरण सिक्ने त होनि । गृहयुद्ध देखि हाल सम्म आउदा खर्बौ रुपैया राज्यको ढुकुटीबाट रित्याईसकेका छन नेताहरुले ।

यो हामिले प्रत्यक्ष देखिरहेका छौ । फेरि हामी अन्धो झै बनेर बाटो देखाई माग्छौ । लाचार भएर एकाअर्कालाई दोषारोपण गरेर बस्छौ अनि झोले जिन्दगीलाई ठूलो उपलब्धि ठान्छौ । आफ्नै देशमा उत्पादन भएको बिजुली इन्डियालाइ बेचेर फेरि इन्डिया सङ्गनै सम्झौता गर्दै चर्को मुल्य तिरेर किनेर बिजुली बाल्छौ । हिजो म संग १ आना जग्गा छैन म लगाएत मेरा कार्यकर्ताको नाममा छानबिन गर्दा भेट्नु भए हामी जुनसुकै कारबाही सहन तयार छौ भनेर कुर्लिन्थे खुल्ला मन्चमा त्यो पनि प्रत्यक्ष देखिसकेका छौ ।

नेपालका आज सम्मका राजनीतिक हस्तिहरुमा कसैमा पनि हामि नेपाली जनताहरुले खांटी राष्ट्रवाद देखेका छैनौ । सबैमा भर्ष्ट्रबाद बाहेक अरु सोच छैन भन्ने कुरा राम्रो सङ्ग बुझेका छौ । जनताहरुलाई झुठो सपनाको ललिपप चुसाएर आफू राष्ट्रबादी बन्न चाहने हुन तसर्थ यी सबै भन्ने कुरा हामी जनताहरुले बुझेका छौ । आफुलाई महान सर्वहारा क्रान्तिकारी कम्युनिस्ट नेताको दाँजोमा राखेर हिन्दु धर्मालम्बीहरुले मान्ने गरेको महान पर्व दशै र तिहार जस्तो चाडबाड नमान्ने तर मधेसी समुदायको प्रिय चाड छठि पर्बमा शिर झुकाउदै मधेशीको मुद्दालाई दबाउन ललिपप देखाउने खोक्रो मधेशबाद भन्ने पनि बुझेकै छौ ।

हिजो युद्धमा रगतको खोलो बगाएर लडाई लड्ने आफ्ना बहादुर योद्धा युद्धको खेल पश्चात अङ्गभङ्ग अपाङ्गता भएका निमुखा लालसिपाहीहरुले राहत पाएका छैनन् भन्ने कुरा बुझेकै छौ । हिजो लुटेका बैंकका पैसा बिदेशी बैंकमा डलरमा कन्भर्ट भएर बसेका छन भन्ने कुरा बुझेकै छौ भने यिनका कुनै बिजिनेस ब्यापार छैन तर करोडौंको सवारी साधन चढेर छोराछोरी देशबिदेशका महङ्गा कलेज स्कुलमा पढाएका छन । आलिसान बङ्गलामा बसेकै छन भन्ने कुरा राम्रो सङ्ग बुझेकै छौ ।

प्रत्येक साल सबै नेपाली जनताहरुको थाप्लोमा बैदेसिक ऋण थपिदै गएको छ तर फेरि हामी नेपाली जनताहरु उंई राजनीतिक पार्टीका नेताहरुको भजन गाउन छोड्दैनौ । यो पंक्तिकारले स्वयं आफु र सबै नबोल्ने मुक जनताहरुलाई भेडा भन्न नमिलेर गधा भने किनकी गधालाई भारी कम भयो भने हिड्दैन रे नेपालीलाई रिन नभए नेपाली हु जस्तै लाग्दैन रे । (यसमा लेखिएका शब्दहरु लेखकका निजि बिचार हुन) प्रकाशित मिति: २०७३/७/२४

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।