0 COMMENTS

15046216_1334326523253417_57874389_nकाठमाण्डाै२४,कार्तीक /सधैं एक अर्का बिरुद्ध खनिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका बरिस्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव नेपाल एकाएक नजिकीयर एमाले कार्यकर्ता मात्र नभएर नेपाली राजनीतिमा पनी तरंग ल्याईदिएका छ्न । एक एर्का बिरुद्द तल्लो स्तरको टिप्पणी गर्ने र शीत युद्ध चलिरहेको बेला कसरी दुई नेता एकै ठाउँमा आए भन्ने प्रस्न जो कोहीमा हुन सक्छ र त्यो सम्भव गराए अनेरास्ववियुका महासचिव ऐन महरले ।

हिजो एमालेको ७ नम्बरको प्रदेश कमिटीको भेलालाई संबोधन गर्न एकै ठाउँ बुद्ध एयरको बिमानबाट उडान भरेका दुई नेता एकै ठाउँमा समेत बसेका थिएनन । तर एमालेको सशक्त भातृ संगठन अनेरास्ववियुका लोकप्रिय महासचिव चर्चित विद्यार्थी नेता ऐन महरको बिशेष आग्रहमा नेपाल एमाले अध्यक्ष ओलीसगै सिटमा गएर बसेका थिए । लामो समय संवादहिनतामा रहेका उनिहरुबिच करिब १ घन्टा ४० मिनट संवाद समेत भएको थियो ।14971341_1334326476586755_1031617809_n

एमाले अध्यक्ष ओली र बरिस्ठ नेता माधव नेपालसंगै बस्दा बुद्ध एयरभित्र सकारात्मक कुराको संचार भएको थियो र सो बिमानमा सवार अन्य कर्याकर्तामा उत्साह समेत छाएको थियो । ओलीसंगै गएर बसेका नेपाललाई ओलीले हिमाल र दृश्य देखाउँदै गाईडको शैलीमा ठाउँको वर्णन गरेको अनेरास्ववियु महासचिव ऐन महरले समाजकाे अावाज  बताए । दुई नेता बिच हार्दिकता बढेको र यसले सकारात्मक सन्देश प्रवाह गर्ने देखिन्छ । युवा र कार्यकर्ताले चाहे परिवर्तन संभव छ र सहमती सहकार्य र एकताले मात्र देश र पार्टी समृद्धि तर्फ उन्मुख हुन्छ भन्ने कुरा यो घटनाले देखाएको छ । यस्ता ऐन महरहरु हरेक प्रदेश,जिल्ला,क्षेत्र गाउँ र टोल्टोलमा जन्मे एमाले बहुमत सहित अगामी चुनावमा पहिलो दल बन्ने निस्चित छ ।

एमालेको एकता र एमाले को नेतृत्वले नै देशमा परिवर्तन सम्भव छ भन्ने तमाम एमाले कार्यकर्ता र नेपाली जनतामा यो घटनाले सकारात्मक सन्देश प्रवाह गरेको छ । आज एकताको सन्देश भेलामा दिने तयारी समेत दुवै नेताले गरेको बुझिएको छ ।अनेरास्ववियु महासचिव ऐन महरसंगको  फोन संवादको आधारमा यो समाचार प्रकाशन गरिएको छ ।14972014_1334326489920087_992439469_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।