0 COMMENTS

काठमाडौं, २४ कात्तिक/तराई मधेसका अगुवाहरूले अंगीकृत नागरिकलाई राष्ट्रपति–प्रधानमन्त्रीसहित राज्यको प्रमुख पदमा योग्य बनाउने माग मधेसी जनताको नभएको प्रस्ट पारेका छन् । अंगीकृतलाई प्रमुख संवैधानिक पद दिए तराई मधेसका नेपाली नै सबैभन्दा पहिलो मारमा पर्ने उनीहरूको निचोड छ । अंगीकृत नागरिकता पाएका नेपालीले राज्यको प्रमुख पदमा जान पाउनुपर्ने माग मधेसी मोर्चाका केही नेताले गरिरहँदा मधेसी जनताले प्रतिवाद गर्दै कहिल्यै निको नहुने क्यान्सरभन्दा पनि खतरनाक रोगको संज्ञा दिएका हुन्, राजधानी दैनिकमा खबर छ ।

मधेस आन्दोलनको विषयमा विद्यावारिधि गरेका पत्रकार डा. राजेश अहिराजले अंगीकृत नागरिकलाई देशको उच्च पदमा जान दिने काम हुनै नहुने प्रस्ट पारे । ‘अंगीकृतलाई प्रमुख पदमा जान दिने काम देशको हितविपरीत हो, यस्तो हुनुहुन्न, मधेसीको चाहनाविपरीत यस्तो काम हुनुहुँदैन,’ अहिराजले भने । उनले अंगीकृत नागरिकलाई देशको उच्च संवैधानिक पद दिने माग मधेस आन्दोलन र मधेसी जनताको हुँदै नभएको ठोकुवासमेत गरे ।

‘राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मुख्यमन्त्रीसहित संवैधानिक अंगका प्रमुखमा अंगीकृत नागरिकलाई योग्य बनाउनु देशको हितविपरीत हो, यो मुलुकका लागि क्यान्सरजस्तै हुन्छ,’ अहिराजले राजधानीसँग भने, ‘देशको जो वास्तविक भूमिपुत्र हो, ऊ मात्रै यी पदका लागि योग्य हुन्छ । तर, अंगीकृत वा वंशज भए पनि अरू देशको नागरिक भएकालाई यस्ता पदमा जान दिनुहुँदैन ।’ वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका सहप्राध्यापक देवेन्द्र मिश्रले पनि प्रमुख पदमा अंगीकृत नागरिकलाई योग्य बनाउनेहरू मधेस र देशका नागरिक नभएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।