0 COMMENTS

krishna-sitaula कात्तिक २३, काठमाडौं / नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला ‘गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक’ बाट बिभूषित हुने भएका छन्। गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिटौलालाई बिभूषित गर्ने भएको प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले बताए। जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको १०२ औं जन्मजयन्तीको अवसरमा बुधबार शान्तिवाटिका रत्नपार्कमा नेता सिटौलालाई सम्मान गरिने भएको हो। २०६३ सालको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा संविधान सभा मस्यौदा समितिको सभापतिको हैसियतले महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गर्न लागिएको हो।

संयुक्त जनआन्दोलनको संयोजकको रुपमा आन्दोलनरत दललाई नेतृत्व प्रदान गरेको, प्रतिनिधिसभा पुनस्र्थापना गराउन, १२ बर्षे शासस्त्र संघर्षको अन्त्य गर्न १२ बुँदे शान्ति सम्झौता गर्न, शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन र जनआन्दोलनको उपलब्धीलाई संस्थागत गर्न संविधानसभाको संविधान मस्यौदा समिति संयोजकको हैसियतले खेलेको ऐतिहासिक भूमिकाको उच्च सम्मान गर्न जनआन्दोलन स्वर्ण पदकले बिभुषण र अभिनन्दन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रधानले बताए। स्वर्ण पदक एक तोला सुन र चार तोला चाँदी मिसिएको छ। अघिल्लो बर्ष सो पदकबाट मरणोपरान्त पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई र संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बिभूषित गरिएको थियो। २०६३ सालदेखि प्रत्येक बर्ष प्रदान गरिँदै आएको सो पदक यसअघि जिउँदो शहीद मुकेश कायस्थ, मानवअधिकारवादी नेता मथुराप्रसाद श्रेष्ठ, नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा, बरिष्ठ पत्रकार हरिहर बिरही, जनआन्दोलनका लोक गायक रुबिन गन्दर्भ र फोटो पत्रकार मीन बज्राचार्यले पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।