0 COMMENTS

काठमाण्डाै २३,कार्तीक/नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तिमगरकाे गोलसँगै नेपालले मलेसियाको कुचिङमा भइरहेको एएफपसी सोलिडारिटी कप फुटबलमा ब्रुनाईलाई ३–० ले हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेकाे छ ।

समूह ‘ए’को अन्तिम खेलमा मिडफिल्डर हेमन गुरुङले प्रहार गरेको बल ब्रुनाईका डिफेन्समा लागेपछि पेनाल्टी क्षेत्रमा रहेका फरवार्ड नवयुग श्रेष्ठले पाएका थिए । त्यसमा उनले सहज गोल गर्दै नेपाललाई पहिलो हाफको इन्ज्युरी टाइममा अग्रता दिलाएका हुन् ।
पहिलो हाफमा ब्रुनाईले पनि दुईपटक डरलाग्दा आक्रमण गरेका थिए । तर, त्यसमा नेपाली डिफेन्स र गोलकिपर किरण चेम्जोङले बल क्लियर गर्दै नेपालको संकट टारेका थिए ।

पहिलो खेलमा टिमोर लेस्टेलाई ४–० ले हराएको ब्रुनाई यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेको छ । टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको नेपालको लागि भने अन्तिम चार प्रवेशलाई यो खेल महत्वपूर्ण छ ।

जित हात पार्नसके नेपाल समूह विजेता हुँदै सेमिफाइनल पुग्नेछ भने बराबरी नतिजामा समूहको उपविजेता हुनेछ । तीन गोल बढी अन्तरको हारमा भने नेपालको यात्रा समूह चरणमै समाप्त हुनसक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।