0 COMMENTS

prasedadaकाठमाडौं२३, कात्तिक/विभिन्न माग राखेर सत्तारुढ माओवादी केन्द्रको कार्यलयमा कब्जा गरेर बसेका पूर्व लडाकुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज माओवादी मुख्यालय गएको प्रहरीले पूरै लडाकुहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई कोटेश्वर, टुेकु लगायतका विभिन्न वृतमा राखिएको छ । १६९ जना पूर्व लडाकुलाई पक्राउ गरिएको र त्यसमा ५७ जना रहेको प्रहरीको भनाई छ । त्यसमा केही केही बच्चाका आमा पनि छन्, उनीहरु बच्चासहित धर्नामा थिए । महानगरीय प्रहरी परिसरले पूर्व लडाकुहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिएको ।

संयुक्त राष्ट्रसंघीय मिसन अनमनिले अयोग्य घोषणा गरेर बर्हिगमनमा परेका लडाकुले पार्टी कार्यालयमा चाबी लगाएर कसैलाई जान दिएका थिएनन् । यसको नेतृत्व लेनिन विष्टले गरेका थिए । उनी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

राज्यले आफूहरूमाथि लगाएको ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, आफूहरूलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने र जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने माग राखेर पार्टी कार्यालयको मूल गेटमै ‘ताला’ लगाएर धर्ना दिएका थिए । सोमबार दिउँसो १ बजेबाट उनीहरूले अनिश्चितकालका लागि भन्दै पार्टी कार्यालय नियन्त्रणमा लिएर धर्नामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।