0 COMMENTS

ntcकाठमाण्डाै२२,कार्तीक/नेपाल टेलिकम (एनटिसी)को नाम जोडेर एक गिरोह ठगीमा संलग्न भएको पाइएको छ ।

एनटिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यस घटना बारे जानकारी दिनुका साथै प्रयोगकर्तालाई त्यस्ता ठगीका घटनाबाट होसियार रहन आग्रह गरेको छ ।

एनटिसीका अनुसार त्यस ठगीमा संलग्न गिरोहले भाइबरमा केही दिन यता +९२३००५३५८६६४ लगायतका विभिन्न नम्बरहको प्रयोग गरि कल गरेर नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको चिठ्ठा(लोट्री) कार्यक्रममा तपाईंलाई ठूलो रकम परेको र सो रकम ट्रान्सफर गर्न भन्दै बैंक खाता नम्बर, एटीएम पिन नम्बर माग्ने र बैंकको रकम ठगी गर्नेजस्ता आपराधिक एवम् गैरकानूनी कार्यमा संलग्न रहेको कुरा टेलिकमले जनाएको छ ।

टेलिकमले आफ्नो कुनै पनि व्यक्ति वा समूहसँगको साझेदारीमा त्यस्ता कार्यक्रम नभएकाले जनमानसमा फैलाइएका भ्रामक प्रकृतिका खबरहरूबाट टाढै रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।