0 COMMENTS

prachanda-malaकाठमाडौं२२,कार्तीक/एकजना अधिकृतस्तरको सरकारी कर्मचारीको मासिक तलब ३० हजार हुन्छ । वर्षभरीमा उसले जम्मा ३ लाख ६० हजारमात्र पाउँछ । भत्ता र अतिरिक्त अन्य स्रोतहरुबाट गरी ४ लाखसम्म वार्षिक आम्दानी गर्न सक्छ ।

उक्त पैसाबाट कम्तिमा ३ जनाको परिवारले लाउने, खाने, बस्ने, स्वास्थ्य उपचार र शिक्षामा लगानी गरेर भैपरि खर्चका लागि समेत बचाउन बाध्य हुन्छन् ।

तर प्रधानमन्त्रीसँग सम्वन्धित बैठक र उनको सचिवालयसहितले एक महिनामा ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाएको बिल सार्वजनिक भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवार र प्रधानमन्त्रीको निवास बालुवाटारमा सबैभन्दा बढी खाजा पुर्‍याउने फर्मको रुपमा बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालि रहेको छ ।

बिल सार्वजनिक हुँदा सुशील कोइराला सरकारको पालादेखि नै यो फर्मको नाम देखिने गरेको छ । यही फर्मले केपी ओली सरकारलाई ९ महिनामा ६० लाखको खाजा खुवाएको थियो ।

हवाइ टिकटमा एकमुष्ट खर्च देखाइयो

कानुन आयोगले पदाधिकारी तथा कर्मचारीहरुको हवाई टिकटको रकम भुक्तानी शीर्षकमा ८ लाख ६५ हजार रुपैयाँको बिल सार्वजनिक गरेको छ । सामान्यतया कुन कार्यक्रममा को जाँदा कति खर्च भएको खुलाउनुपर्ने भएपनि आयोगले एकमुस्ट खर्च सार्वजनिक गरेको छ ।

एकै दिन आधा घण्टाको अन्तरालमा सार्वजनिक भएको विलमा भुक्तानी पाउने संस्था भने एउटै छ । आयोगले सिनर्जी ट्राभल्स प्रालिलाई भुक्तानी दिएको  कुरा  अाजकाे अनलाइन खबरमा  उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।