0 COMMENTS

kartik-nachकात्तिक१९ ललितपुर / पाटनको प्रसिद्ध कार्तिक नाच हिजो साँझदेखि सुरु भएको छ । कृष्ण लीलामा आधारित नाच पाटन दरबार क्षेत्रमा हुने गर्छ । नाच १२ दिनसम्म चल्ने कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ । नाचमा नेवारी समुदायका विभिन्न जात–उपजातको सहभागिता हुने समितिका अध्यक्ष किरण मानन्धरले बताए । नाच हेर्न उपत्यकाका विभिन्न स्थानबाट दर्शक पाटन दबार क्षेत्र आइपुग्ने गरेको छन् । उनले भने, “सुरुका दिनहरूमा भन्दा पनि अन्तिम दिनहरूमा दर्शकको सङ्ख्या अझै बढ्ने गरेको छ । नाच जति दिनसम्म हुँदा पनि नरसिंह अवतार कार्तिक शुक्ल त्रियादशीका दिनमा नै हुने गरेको छ । पूर्णिमाको दिन नाच सकिनेछ । नरसिंह अवतारलाई सिङ्गो नाचको विशेषता मानिन्छ । उनले भने, “यो नाचका दिनमा दर्शकको भीडले खचाखच हुने गर्छ ।”

राजा सिद्धिनरसिंह मल्लले ३७६ वर्ष पहिले यस नाचको सुरुवात गरेका थिए । केही वर्षदेखि १२ दिनसम्म फरक–फरक कथामा आधारित नाच्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।