0 COMMENTS

italyरोम (इटाली), १९ कात्तिक/इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरुलाई थप क्षति पु-याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले बताएको छ ।

स्थानीय समयअनुसार बिहीबार १ बजेर ३५ मिनेटको समयमा मर्सेराटा प्रान्तलाई केन्द्रविन्दु बनाई गएको भूकम्पको धक्का इटालीको राजधानी रोममा समेत महसुस भएको थियो ।

इटालीमा अगस्ट २४ मा गएको भूकम्पबाट २९८ जनाको ज्यान लिएपछि लगातारजस्तै आउने गरेका पराकम्पनले यहाँको जनजीवनलाई भयभित तुल्याएको छ ।अगस्ट २४ मा ६.० रेक्टर स्केलको भूकम्पपछि अक्टोबर २६ मा दुई वटा ठूला ५.४ र ५.९ म्याग्नीच्युडको पराकम्पन रेकर्ड गरिएको थियो ।पछिल्लो पटक गत आइतबार उमरिया क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.५ म्याग्नीच्युडको भूकम्प गए पनि यसबाट खासै मानवीय क्षति भने नभएको जनाइएको छ । – सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।