0 COMMENTS

 काठमाडौं१९, कर्तिक,पर्सा/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण उनिबिरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताएका छन्।

प्रेस चौतारी नेपाल पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सात दशकको लामो सङ्घर्ष र हजारौँ नेपालीको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंह कार्कीको सपनालाई एमालेले ल्याएको महाअभियोग प्रस्तावले तुहाएको दाबी गरेका छन् ।

एमाले पार्टी प्रवक्ता समेत रहनुभएका भट्टराईले संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएकाले दुबै मुद्दालाई नमिसाउन (माओवादी केन्द्र) र काँग्रेसलाई आग्रह गरेका छन् ।

उनले (एमाले)को सहयोग/सर्मथन बिना संविधान संशोधन सम्भवनै नभएको र संविधान संशोधनबारे माओवादी केन्द्र वा काँग्रेसले एमालेसँग औपचारिक तथा अनौपचारिक रुपमा कुनै कुरा नै नगरेको आरोप लगाएका छन् ।

संविधान संशोधनको विषयमा एमाले पार्टी मधेसवादी दलसँग छलफल गर्न तयार रहेको उनको भनाइ थियो ।
वर्तमान संसदीय निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउने सम्भावना नरहेकाले र बहुमतको अभावमा हुने सत्ता परिवर्तनले राष्ट्र विकासमा ठूलो नकारात्मक प्रभाव पर्ने भएकाले अब कार्यकारी राष्ट्र प्रमुखको प्रत्यक्ष निर्वाचन नेपालमा आवश्यक रहेको सचिव भट्टराईले दाबी गरेका छन् ।प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।