0 COMMENTS

पाेखरा,१९कार्तीक/गोर्खा भर्ती केन्द्रको विरोध गर्दे प्रर्दशनमा उत्रेका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार विहान राजधानीको शान्ति बाटिकामा विरोध प्रर्दशनमा उत्रेका दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो प्रहरीले विप्लव माओवादी कार्यकर्ता अनिल शर्मा सहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।

शान्तिवाटीकामा जम्मा भएर केही कार्यक्रम नगर्नुहोला भन्दै प्रहरीले माईकिङ गरिरहेका बेला नै विप्लव माओवादीका कार्यकर्ता जम्मा pokharaभएर नाराबाजी गर्न थालेका थिए । उनीहरुले नारावाजी गर्न थालेपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो विप्लव माओवादी कार्यकर्ताले प्रहरी भ्यान भित्र पनि गोर्खा भर्ती विरुद्ध नाराबाजी गरिरहेका थिए । उनीहरुले शान्तिबाटीकाबाट नाराबाजी सहित लैनचौर पुगेर भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका थिए । नेपाली नागरीक भारतीय भूमीको रक्षाको लागि लड्नु र मृत्यूवरण गर्दा पनि कुनै किसिमको क्षतिपुर्ती पनि नदिनु जस्ता अमानवीय र भेदभावपूर्ण ब्यबहार भएको भन्दै बिरोध हुदै आएको छ ।

यता भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनको बिरोधमा रहेको विप्लव नेतृत्वको नेकपा माओबादीका कास्कीका चार जना माओबादी कार्यकतालाई पोखराको एयरपोर्ट नजिकबाट प्रहरीले पक्राउ गरेको छ । मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखराको हनुमानटोलबाट कालो झण्डा सहितको १५ बटा बेलुन उडाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी “जगन बा” माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बमबहादुर हितान मगर रहेकाे माओबादी गण्डक ब्युरो इन्चार्ज सावित्री दुराले जानकारी दिइन् ।पोखरा बिमानस्थलको नजिकै रहेको सो स्थानबाट बेलुनमा कालो झण्डा हालेर आकासमा उडाईएको थियो । ।बेलुन उडाएको स्थलको खोजि गर्दे जाँदा प्रहरीले दुईजना माओबादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको बताईएको छ ।

पोखरामा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

पोखरामा रहेको भारतीय पेन्सन क्याम्पमा पुर्ब गोर्खा सैनिकलाई संबोधन गरेपछि उनी आजै काठमाडौंपछि भारत फर्कने कार्यक्रम छ ।भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको विरोध गर्दै पोखरामा कालो झण्डा राखेर बेलुन उडाईयो र प्रहरीकले माअाेबादि कर्यकर्ता नीयन्त्रणमा लीएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।