0 COMMENTS

fanindranepal-and-sharad-bhusalकार्तीक१८, काठमाडौं /भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा कालो झण्डा देखाएर विरोध गरेको  आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्ने हरूमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल, अधिकारकर्मी शारदा भुसाललगायत पक्राउ  हुन् । बुधबार नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन नेपाल नेतृत्वको समूह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेटमा पुगेको अबस्थामा प्रहरीले नेपालसहित चार जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा अध्यक्ष नेपालसँगै तिलक बोहोरा, योगेश बराल र राम खड्का छन् ।

त्यस्तै मुखर्जीको भ्रमणको विरोधमा कालो कपडा लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेको भन्दै अधिकारकर्मी शारदा भुसाललाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका नेपाल र भुसालसहित पाँचैजनालाई काठमाडौं परिसरको हिरासतमा राखिएको छ । उनीहरुलाई सार्वजनिक मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए । ‘मुखर्जीको भ्रमण सुरक्षित बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु खटिएका छन् । कसैले त्यसमा खलल पुर्‍याउने प्रयास गर्छ भने उनीहरु कारबाहीको दायरामा आउँछन्,’ एसएसपी थापाले भने ।

भुसालले भने हिरासतमै रहेको अवस्थामा अनसन थालेकी छन् । पक्राउ पुर्जी नदिएको तथा उचित व्यवहार नभएको भन्दै भुसालले राति ८ बजे अनसनको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।