0 COMMENTS

काठमाडौं, १७ कार्तिक/भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालस्थित् भारतीय दुतावासले दुतावासपरिसरभित्रै आयोजना गरेको दिवा भोजमा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थीत रहे ।

दुतावास परिसरमा सरकारका उच्च पदस्थ सबै व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त भोजमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तीनै जना शीर्ष नेताहरु भने सहभागी भएका छैनन् । पूर्वप्रधानमन्त्री द्धय झलनाथ खनाल र माधव नेपाल स्वदेशमा नभएका कारण आजको भोजमा उपस्थिति भएका छैनन् । बरिष्ठ नेता खनाल प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन जापानको टोकियोमा छन् ।

तर अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक भएका छैनन् । एमालेका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायत सहभागी छन् ।

राष्ट्रपति मुखर्जी इण्डियन एअर फोर्सको विमानबाट मध्यान्ह १२ः३० त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन् ।

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु विमानस्थल पुगेका थिए ।भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।