0 COMMENTS

 

janardansharma
(फाईल फोटो)

काठमाण्डाै, १७ कार्तिक:अख्तियार प्रमुख लोकमान शिह कार्की अनुचितढंगले प्रधानमन्त्री बन्न खोजेको परिणाम हो महाभियोग प्रस्ताव । तिनी प्रधानमन्त्री बन्न नखोजेको भए तिनी माथि महाभियोग प्रस्ताब दर्ता गर्नु पर्दैन थियो ।

नेकपा (माओवादी केन्द्र) रुकुमले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले पार्टीका कार्यकर्ताहरु माझ माथिका भनाईहरु राख्दै महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गर्नुभयो ।

lokman
(फाईल फोटो)

कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजायदिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो ।

लोकमान जंगबहादुर जस्तै शक्तिसाली प्रधानमन्त्री बन्न लागे । तिनी प्रधानमन्त्री बने भने हाम्री राजनीतिक भविष्य चौपट हुने मात्र नभएर लडाकुहरुको भ्रस्टाचार काण्डमा जेल जानु पर्ने भयेले लोकमान शिंह कार्की माथि महाभियोग लगाएका रैछ, उर्जामंत्री पौडेलको भनाईले यस्तै पुस्टि गर्छ ।

माहाभियोग पारित होला नहोला त्यो समयले बताउने कुरा हो तर प्रधानमन्त्री देखि मन्त्रीहरुले आफ्ना पदीय महत्वलाई नबुझेर जन मानसमा गएर यस्ता कुराहरु बताउदै गएको खण्डमा निलम्बित अख्तियार प्रमुख लोकमान शिंह कार्की माथी जनताको सहानुभूति झन बढ्दै जाने छ ।सामाग्री इ काेसी न्युज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।