0 COMMENTS
ranipokhari
काठमाण्डाैकाे रानीपाेखरीमा भाइ टिका लगाउदै

समाजकाे अावाज,काठमाण्डाै१६,कार्तीक/तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ । यमपञ्चकको पाँचौ दिनमा चेलिबेटीले आफ्ना माइतीलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् ।

ranipokhari
काठमाण्डाैकाे रानीपाेखरीमा भाइ टिका लगाउदै

त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ । तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन् ।

उनीहरूले सगुनका रूपमा दही पनि खुवाउँछन् । त्यस्तै यमराजको रुपमा बिमिरोको पूजा गर्ने चलन छ । आजभोलि बिमिरोको साटोमा भोगटेको पनि पूजा गर्ने चलन छ । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ ।

मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियो रहिरहन्छ । सप्तरङ्गी टिका निधारमा लगाएर दिदी बहिनीले दाजुभाइको लामो आयु र सफलताको कामना गर्दछन् 

दिदीबहिनी साथमा नभएकाहरूले भाइटीकाको दिन काठमाडौंको रानीपोखरीमा गइ टीका  लगाउछन् । दिदी बहिनीहुनेले घरमै टीका हुने भएपनि दिदीबहिनी नहुनेको भने रानीपोखरी भाइटीकाको दिन खुल्ला हुने गर्छन् । रानीपोखरीको बालगोपालेश्वर मन्दिरका पुजारी खलकबाट पालैपाले बर्षेनी भाइटीकाको दिन टिका थाप्ने आउने सर्वसाधारणलाई टीका लगाइदिने प्रबन्ध मिलाउने गर्दछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।