0 COMMENTS

dhakaकाठमाण्डाै१६ कात्तिक/ बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ ।
बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको मन्दिर र घरलाई निशाना बनाएका छन् ।
बंगलादेश प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार त्यहाँका हिन्दुहरुका करिब २० वटा घर जलेका छन् ।

त्यसैगरी कम्तिमा १० वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ । मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार बनाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।