0 COMMENTS

 dhurmus-suntali-bastiकाठमाडौँ१५,कार्तीक / सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस-सुन्तलीले बनाएका बस्तीमा बाख्रा पनि बाँध्न नमिल्ने संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाको आरोप छ। आदिबासी तथा जनजाति नेता समेत रहेका आङकाजीले धुर्मुस-सुन्तली फाउन्डेसनको प्रयासमा बनेको गिरानचौर नमुना बस्तीको धेरै प्रचार भएको भन्दै विरोध जनाएका हुन्।

आफ्नो फेसबुक पेजमा फोटोसहितका दुईवटा स्टाटसमार्फत आङकाजीले बस्तीमा बनेका घरमा बाख्रा(भैँसी पनि बाँध्न नमिल्ने भन्दै आलोचनामा उत्रेका हुन्। सधैँजसो नकारात्मक टिप्पणी गरेर आलोचित हुने उनले यो पटक धुर्मुस-सुन्तलीले गरेको राम्रो काममा विरोध जनाएका हुन्।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, धुर्मुसले भूकम्पपीडितका लागि भैँसी-बाख्रा पाल्न नमिल्ने घर बनाएकोमा यत्रो चर्चा हो, हल्ला खैलाबैला । आफैँले बालुवा इँट्टा बोकेर बौद्ध बनाउनेहरूको ख़बर खै त ?, उनले प्रश्न गरेका छन्, विदेशी अनुदान ६ करोड लिएर ९ लाख पर्ने एउटा घर १ भूकम्पपीडितले भैंसी-बाख्रा पाल्न र सागसब्जी समेत रोप्न नमिल्ने ६५ घर धुर्मुसले बनाएपछि राष्ट्रपतिले उदघाटन गरे ।

बधाई दिए, सन्चारमाध्यमा होहल्ला र खैलाबैला..। फेसबुक स्टाटसमा आङकाजीले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको बौद्धनाथ ४५ करोड संकलन गरेर बनाउँदा समेत सञ्चारमाध्यमको आँखा नपुगेको आरोप समेत लगाए।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, धुर्मुसले भूकम्पपीडितका लागि भैँसी-बाख्रा पाल्न नमिल्ने घर बनाएकोमा यत्रो चर्चा हो, हल्ला खैलाबैला । आफैँले बालुवा इँट्टा बोकेर बौद्ध बनाउनेहरूको ख़बर खै त ?, उनले प्रश्न गरेका छन्, विदेशी अनुदान ६ करोड लिएर ९ लाख पर्ने एउटा घर १ भूकम्पपीडितले भैंसी-बाख्रा पाल्न र सागसब्जी समेत रोप्न नमिल्ने ६५ घर धुर्मुसले बनाएपछि राष्ट्रपतिले उदघाटन गरे ।

बधाई दिए, सन्चारमाध्यमा होहल्ला र खैलाबैला..। फेसबुक स्टाटसमा आङकाजीले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको बौद्धनाथ ४५ करोड संकलन गरेर बनाउँदा समेत सञ्चारमाध्यमको आँखा नपुगेको आरोप समेत लगाए ।

अाङकाजीले यस्ताे लेखेपछि सामाजिक सञ्जलामा उनकाे व्यापक विराेध भइरहेकाे छ । राजनीतिक दलका नेता कार्यकर्ताहरूबाट भूकम्पपीडितलार्इ हालसम्म केही नभइराखेकेा बेला धुर्मुस सुन्तलीले गिरानचाैरमा नमुनाबस्ति निर्माण गरेपछि सर्वत्र स्याबासी पाउँदै अाएका छन् । तर सधै जसाे सकारात्मक कुरालालार्इ पचाउन गार्हाै मान्दै अाएका अाङकाजीले गिरानचाैर बस्तीलार्इ पनि देख्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।