0 COMMENTS

capture-74काठमाडौं, १५ कार्तिक/ विप्लव निकटको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले आज भारतीय राष्ट«पति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणमा सरकारको राष्ट्रिय बिदा दिने निर्णय विरुद्ध विरोध र्‍याली निकाल्ने जनाएको छ ।माओवादीको सवस मोर्चाले उक्त विरोध र्‍याली निकाल्न लागेको बताइएको छ ।
विप्लव माओवादीको काठमाडौं उपत्यका इन्चार्ज सन्तोष बुढा मगरले खबरडबलीसँग भने–‘सरकारको राष्ट«हित विपरित, राजनीतिक ददालिकरण र लम्पसारवाद विरूद्द आज विरोध प्रर्दशन गर्ने र खबरदारी गर्ने कार्यक्रम आयोजना गरिएको छ । हामी मुलुकको हितलार्इ पाखालगाएर कसैलार्इ सुदाबाजी गर्न दिदैनौ । त्यसैको विरोध हो आजको कार्यक्रम ।
उनले खबरडबलीसँगको कुराकानीमा विरोध र्‍यालीको कार्यक्रम माइतिघरबाट सुरू हुने र बबरमहल हुदैँ सिहदरबारको पश्चिम गेटमा पुगेर राज्यको गलत निर्णय विरूद्द आवाज पुगाउने जनाएका छन ।उक्त कार्यक्रममा पाटी निकट सुकुम्बासी मोर्चाका अध्यक्ष ओम पुन, मजदुरका,विद्मार्थी, युवा लगाएतका जनवर्गिय संगठनका नेताहरूले कोण सभालाइ सम्बोधन गर्ने छन ।
कार्रयक्रम केहिबेरमै सुरू हुन लागेको उनले जनाएका छन । दैनिक नेपाल बाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।